विद्यालयमा आँखा शिविर

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका ४ स्थित श्री ज्योती आधारभूत विद्यालयमा एक दिने निःशुल्क बृहद आँखा शिविरको आयोजना भएको छ ।

तराई मधेशका मुस्हर समुदायका विद्यार्थीहरु अध्ययनरक्त सो विद्यालयमा अष्ट्रेलियन रोटरी क्लबहरू,रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ विराटनगरको संयुक्त सो निःशुल्क बृहद आँखा शिविरको आयोजना भएको हो ।
एक दिने निःशुल्क बृहद् आँखा शिविरमा ४सय ५० जना विद्यार्थी , अभिभावकको आँखा जाँच गरीएको विद्यालयका प्रअ बेधनिधि भट्टराईले जानकारी दिए । प्रअ भट्टराईका अनुसार शिविरमा निशुल्क औषधी संगै चस्मा समेत आवश्यकता अनुसार दिएको थियो ।

स्थानीय सरकार र जनप्रतिनिधिकै वेवास्ताले सो विद्यालय दिनादिन जिर्ण बन्दै गएको छ । विद्यालयमा जनप्रतिनिधिकै वेवास्ताले न त भौतिक संरचना निर्माण हुन सकेन् नत शैक्षिक सुधार हुन सकेका छैन । तराईका दलित रिसिदेव समुदायका विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा एक सय ३० जना विद्यार्थीहरु भर्ना रहेका छन । जसमध्ये नियमित करिव ८० देखि ८५ जना विद्यार्थी उपस्थित हुने गरेका छन् । विद्यालयमा हालसम्म पनि विद्यार्थीलाई अध्ययन गर्ने कक्षा कोठाको अभाव छ । स्थानीय सरकार र प्रदेश सरकारको वेवास्ताले भवन अभावमा एउटै कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन हुदै आएको छ ।

बिहिबार, २९ फागुन, २०८१, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर