विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयन गर्ने मतदान सुरु भएको छ ।साढे ९ बजे देखी मतदान सुरु भएको हो । साझ ४ बजेसम्म मतदानको समय राखिएको एमालेले जनाएको छ ।
निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले एक पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।
१६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
ओझाको प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, दुई उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी उम्मेदवार छन् ।
इतर समूहबाट अध्यक्षको उम्मेदवार अजम्बर राई हुन् । उनको नेतृत्वमा उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिव द्वयमा सन्तोष बान्तवा र उषा झा उम्मेदवार रहेका छन् ।
मनोनयन दर्ता गरेका ३ सय २५ जना मध्ये ७१ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेको जनाइएको छ । ५ पदाधिकारीसहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा कायम रहेका छन् ।