मानव बेचबिखन कसुरमा कांग्रेस नेता पक्राउ

विराटनगर । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल रहेको प्रहरीले जनाएको छ ।

खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले बताए । ‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ जिसीले भने ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बुधबार, २३ माघ, २०८१, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर