केराबारी व्यापार संघमा शाही

केराबारी । मोरङको केराबारी ब्यापार प्रबन्ध समिति (प्रस्तावित केराबारी उद्योग बाणिज्य संघ)को अध्यक्षमा किशान शाही सर्वसम्मत निर्वाचित भएका छन् ।संघको आठौं साधरण सभाबाट दोश्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समितिमार्फत सर्वसम्मत शाही अध्यक्षमा चयन भएका हुन् ।

२०६७ सालमा स्थापना भएको सो संघमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद संम्हाल्दै ३ वर्ष अघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । नवगठित समितिका उपाध्यक्षमा मनुका थापा, महासचिवमा अम्बिका भण्डारी, सचिवमा रमेश अधिकारी र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ यस अघिपनि कोषाध्यक्ष नै थिए ।

त्यसैगरी सदस्यहरुमा उपेन्द्रबहादुर बस्नेत, गोमा कटवाल, मतिकुमारी तामाङ, डेविड बराइली, उत्तम कुमार घिसिङ सर्वसम्मत चयन भएका छन् । १५ सदस्यीय सो समितिको बाँकी ४ जना सदस्यहरु भने कार्यसमितिबाट मनोनित हुने व्यवस्था रहेको छ ।
पहिलो कार्यकाल पुरा गरी शाहीकै नेतृत्वमा केराबारीमा डिजिटल स्वागत गेट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि वढाइएको थियो । गेटको पहिलो चरणको काम सम्पन्न भएको र यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ब्यापार संघले जनाएको छ ।
फोटो

मङ्गलबार, २२ माघ, २०८१, साँझको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर