प्रेस सेन्टर सङ्खुवासभाले अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्ने

संखुवासभा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाको आयोजनामा अनलाईन वक्तृत्वकलाको आयोजना हुने भएको छ ।

खुल्ला माध्यमिक तह (कक्षा १२ सम्म) स्तरीय ‘गणतन्त्र स्थापनामा जनयुद्धको भुमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

अनलाइन वक्तृत्वकलामा प्रथम हुनेले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्ने प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले जानकारी दिए । प्रतियोतिामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद सात हजार र चार हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोतिगिले ५ मिनेटसम्मको एचडी क्वालीटिको भिडियो पठाउनु पर्नेछ । प्रतिस्प्रधिले भिडियो माघ २५ गतेभित्रमा आयोजकको इमेल sankhuwasava.pcn@gmail.com मा पठाइसक्नु पर्नेछ । प्रतियोगिताको भिडियो माघ २६ गते युटुवमार्फत सार्वजनिक गरी र निर्णय फाल्गुण ७ गते सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

सोमबार, २१ माघ, २०८१, बिहानको १०:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर