चाँदनीको हत्या प्रकरण : आमा र बुवा पनि पक्राउ

विराटनगर । विराटनगर –५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालिकाको आमा राज कुमारी , र बुवा लालमन राय रहेका छन् । प्रहरी उनीहरुलाई भारतबाट पक्राउ गरेर आइतबार मोरङ प्रहरी ल्याएको हो । यसअघि बालिकाको हत्या आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको मध्ये चार जना घटनामा संलग्न देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । यसअघि प्रहरीले बालिकाको हजुरबुवा ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, बालिकाको मामा रामबावु र माइजु जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई मोरङ प्रहरीले आइतबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको पहिलो पटक म्याद थप गरेर अनुसन्धान सुरू गरेको डिएसपी जोशीले जानकारी दिए ।

चाँदनीको प्रेमिबाट छुटाउन बाबुआमा र मामली परिवार मिलेर हत्या गरेपछि मामली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार शव फेला परेको थियो । चाँदीनको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिना पछि ११ माघमा हत्या भएकोे हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले हत्याको मिती पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप कुरा खुल्ने डिएसपी जोशीले जानकारी दिए ।

आइतबार, २० माघ, २०८१, रातीको १०:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर