गिरी फाउन्डेसनको उपाध्यक्षमा सोनु

विराटनगर । विराटनगरका सोनु अल्हुसैनी गिरी फाउण्डेसनको उपाध्यक्ष नियुक्त भएका छन् ।

सोनु गत माघ ६ गते गिरी फाउण्डेसनको उपाध्यक्ष नियुक्त भएका हुन । सामाजिक कार्यमा देखाएको सक्रियता र अनुभवको सोनुलाई फाउण्डेसनको उपाध्यक्ष नियुक्त गरिएको हो । गिरी फाउण्डेसन भने समाजसेवी अभिषेक गिरी नेतृत्वको सामाजिक संस्था हो । संस्थाले समाजमा देखा परिरहेका अन्याय, अत्याचारविरुद्ध आवाज उठाउनुका साथै गरिब तथा विपन्न वर्गलाई आवश्यक सहयोग समेत गर्दै आएको छ ।

स्वास्थ्य, शिक्षा र रोजगारलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको गिरी फाउन्डेसनले उपाध्यक्षमा सोनुको नियुक्तिपछि थप फड्को मार्ने विश्वास लिएको बताइएको छ । गिरी फाउन्डेसनले भने केही समयअघि मात्रै कयौं विपन्न परिवारलाई खाद्यान्न तथा ज्ञाननिकुञ्ज विद्यालयका विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण, कारागार तथा जिल्ला प्रहरी कार्यालयमा र विराटनगरका विभिन्न वडाहरुमा निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

फाउन्डेसनले उपाध्यक्ष सोनुसहितको सहभागितामा कटहरीको विभिन्न मुसहर बस्तीहरुमा डेंगु र मलेरियाको जोखिम न्यूनीकरणको उद्वेश्यका साथ झुलसमेत वितरण गरेको जनाएको छ ।

शुक्रबार, १८ माघ, २०८१, दिउँसोको १२:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर