विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित विराटनगर वडा नं ११ का सुरज बहादुर श्रेष्ठले सपथग्रहण गरेका छन् । आज विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले सपथग्रहण गराएकी हुन् ।
सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले बिहीबार प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड क बमोजिम श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरिएको थियो ।
अध्यक्षमा मनोनित श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष कार्की र सदस्य सचिव बस्नेतले संयुक्तरूपमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।