प्रविधिमा फड्को मार्दै न्युरो अस्पताल

विराटनगर । आज न्यूरो अस्पतालले अत्याधुनिकमोडुलर अपरेशन थिएटर (ओटी)को सुरुवात गरेको छ । अस्पतालले स्थापना गरेको नयाँ मोडुलर अपरेटिङ थिएटरमा एकै समयमा पाँचवटा शल्यक्रियाहरू गर्न सकिने बताइएको छ ।

बिरामीहरुले लामो प्रतीक्षा गर्न नपरोस भनेर अस्पतालले मोडुलर अपरेशन थिएटर स्थापना गरेको हो । यसले बिरामीको लामो प्रतीक्षालाई घटाउनुका साथै अस्पतालमा शल्यक्रियाको लागि प्रयोग हुने साधनहरूको अधिकतम उपयोग हुने जनाएको छ ।

विरामीको हकमा यसले संक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहको लागि चाहिने उच्चतम मापदण्डहरू पूरा गर्ने अस्पतालले जनाएको छ ।

यसमा शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणालीहरु जडित रहेकोलेयसले जटिल र विविधप्रकारका शल्यक्रियाहरुगर्न मद्दत गर्ने बताइएको छ ।

अपरेशन थिएटरको मोडुलर डिजाइनको कारण यसले उपलब्ध स्थानको अधिकतम प्रयोग गर्न र आपतकालीन अवस्थामा प्रभावकारी रूपमा कार्य गर्न सहयोग गर्दछ । त्यती मात्र होइन अस्पतालले भर्खरै वरिष्ठ न्युरो सर्जन डा. रोशन खतिवडा तथा वरिष्ठ न्युरा ेसर्जन डा. सुनीलकुमार दासलाई अस्पतालमा भित्र्याएको जनाएको छ ।

त्यस वाहेक अस्पतालमा न्यूरो सर्जनका रुपमा डा. आशिषजंग थापा, डा. आलोक झा, वरिष्ठ अर्थोपेडिक सर्जन प्रो. डा. नविनकुमार कर्ण, वरिष्ठ अर्थोपेडिक सर्जन डा.अमित देव, वरिष्ठ जि.आई तथा ल्याप्रोस्कोपिक सर्जन डा. सदिप खुनिया, जनरल सर्जन डा. प्रज्वल खतिवडा, युरो सर्जन डा. पुरुषोत्तम पराजुली, इएनटी सर्जन डा. रोशनआचार्य, डेन्टल सर्जन डा. अमितप्रताप शाह, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रो. डा. शैलजा क्षेत्रीश्रेष्ठ आदि चिकित्सक पूर्णकालीन सेवामा कार्यरत छन् ।

अस्पतालले मोडुलर अपरेशन थिएटर(ओटी) को अतिरिक्त, हामीले एमआरआइ, एआई, पावर सिटी स्क्यान, डेक्सा स्कयान र बिरामीहरुको लागी सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको जनाएको छ ।

शुक्रबार, १८ माघ, २०८१, दिउँसोको १२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर