किमाथाङ्का सडकले चीन–भारत नेपाल जोड्दै

संखुवासभा ।संखुवासभामा निर्माणाधीन छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको जोगवनी किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम सकिएको छ । उत्तरी क्षेत्रको च्याम्ताङदेखि घोङ्गोप्पासम्मको साढे १० किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै चीन–भारत नेपाल जोडिने भएको हो । राष्ट्रिय गौरवको जोगवनी किमाथाङ्का सडकको माघ १४ गते सोमबार ब्रेक थ्रु गरिने उत्तर दक्षिण कोशी सडक आयोजनामा प्रमुख इन्जिनियर रामबहादुर गुरुङले जानकारी दिए । ब्रेक थ्रुपछि त्रिदेशीय लिङ्क रोडले चीन–भारत नेपाल जोडिने छ । च्याम्ताङ–घोङगोप्पाको करिव साढे १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

ब्रेक थ्रु का लागि रक्षा मन्त्री मानवीर राई, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का यही माघ १४ संखुवासभा आउने उत्तर दक्षिण कोशी सडक आयोजनामा प्रमुख गुरुङले बताए ।
भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिव साढे १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

खाँदबारी–किमाथाङ्का १६२ किलोमिटर मध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । उक्त सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ । उत्तरी दक्षिण राजमार्ग अन्तरर्गत खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडकको भीर फुटाइसकेको सडक आयोजनाले जनाएको छ । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ ।

सो सडकले कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ । यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ । सडकसँगै सीमामा भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ । राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्कासडक आयोजनामा हालसम्म ५३ करोड बढी रुपैयाँ खर्च भइसकेको छ ।

आइतबार, १३ माघ, २०८१, बिहानको ०९:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर