विराटनगर । विराटनगरको महालक्ष्मी नारायण रियलस्टेट प्रालिका प्रमुख आनन्दमोहन झामाथि रकम ठगी गरेको आरोप लागेको छ ।
झाले विभिन्न व्यक्तिलाई झुक्याएर रकम ठगी गरेको आरोप पीडित भनिएकाहरुले मंगलबार पत्रकार सम्मेलन गरेर लगाएका हुन् ।झाले विभिन्न बहाना बनाएर रकम लिएर फिर्ता नदिने र उल्टै गुन्डा लगाएर धम्काउने गरेको आरोप छ । महोत्तरी घर भई विराटनगर ६ बस्दै आएका ४५ वर्षीय झाले एक बैंकको कर्जा अर्को बैंकमा सार्न भन्दै कसैसँग सापटी त कसैसँग जग्गा किन्छु भन्दै जग्गाको अधिकृत वारिसनामा बनाएर रकम लिई सम्पर्कविहिन हुने गरेको आरोप छ ।
विराटनगर ५ निवासी श्याम शाहले झाले आफूलाई झुक्याएर १ करोड १४ लाख रुपैयाँ लिएको बताए । झाले २०८० साल माघमा एक बैंकबाट अर्को बैंकमा कर्जा सार्न केहि दिनका लागि भन्दै १ करोड १४ लाख लिएर हालसाम्म फिर्ता नगरेको बताएका छन् । २०८० लाख माघ ८ गते विभिन्न खातामा गरी सो रकम दिएको उनको दावी छ ।
‘चार दिनमा पैसा फिर्ता गर्ने शर्त थियो’ साहले भने, ‘दिएको रकम माग्दा गुन्डा लगाएर आफूलाई दिएको चेक खोस्न निर्घात कुटपिट गरियो । प्रहरीमा उजुरी दिएपनि कार्वाही भएन ।’ उनका अनुसार अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेपनि झामाथि कुनै कारवाही गरेन ।
प्रहरीले कारवाही नगर्दा विराटनर महानगरपालिका मेयर नागेश कोईरालासँग सवन्वय गरेर २०८१ साउन २८ गते छलफल भएको र एक महिनाभित्र चलचल्तीको ब्याजसहित १ करोड १८ लाख दिने सहमति भएकोमा कार्यान्वयन नभएको साहले बताए । सहमति अनुसार भएको कागज वडा कार्यालयमा दर्ता गरी बैधानिकता दिन खोज्दा झा उपस्थित नभएको उनले बताए । आफूले अहिलेसम्म १३ लाख ८६ हजार रुपैयाँ मात्रै फिर्ता पाएको बताउँदै साहले थप रकम माग्दा झाले गुन्डामार्फत धम्क्याउने गरेको गुनासो गरेका छन् ।
रकम माग्दा झाले २०८१ साउन १७ गते विराटनगर–५, चाँदनी चौक स्थित होटल पासामा बोलाएर सावर दास, विनोद रोय र जमिर मियामार्फत ज्यान मार्ने गरी कुटपिट गराएको उनले बताए । त्यसबारे मोरङ प्रहरीले झालाई कारबाही गर्न नमानेको उनको भनाइ छ । झाले ज्यान मार्ने धम्की दिइरहेकोले रकम फिर्ता लिन कानुनी बाटो अपनाउन नसकेको उनको दावी छ ।
त्यसैगरी रंगेली नगरपालिका ३ आमतोलाका मो.रफिर आलमले पनि झाबाट ७३ लाख रुपैयाँ ठगिएको बताएका छन् । लुम्बिनी विकास बैंकको ऋण तिर्न बेच्न लागेको जग्गा झुक्याएर झाले हडपेको उनले बताए । २०८० जेष्ठ १२ गते श्रीमतिको नाममा रहेको जग्गा अधिकृत वारिशनामा बनाएर झुक्याएर ठगी गरेको उनका भनाइ छ ।
ऋण तिर्न विराटरनरका ओम राठीसँग ४७ लाखका लाखमा जग्गा बेच्ने तयारी भएकोमा राठीले जग्गा नलिने भनेपछि झाले ४० लाखको दरले किन्न आएको आलमले बताए । जग्गा किन्ने भन्दै अधिकृत वारिसनामा बनाएपछि रकम ठगेको उनको गुनासो छ । ओम राठीसँग मिलोमतो गरेर आफूलाई झुक्याएको उनले दावी गरे ।
राठीलाई पैसा दिएर बाँकी रकम हालसम्म आफूलाई नदिएको आलमले बताए । पटक–पटक माग्दा सम्पर्कमा नआउने र विभिन्न व्यक्तिमार्फत धम्काउने गरेको उनको भनाइ छ । श्यामदेव साह र मो. रफिक आलम मात्रै नभएर झाले दर्जनौंलाई ठगेको आरोप छ ।