विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको शनिबार हुने फाइनलमा मोरङ पथरीको रेडस्टार र विराटनगरको मेरील्याण्ड स्कुल भिड्ने भएको छ ।
विराटनगरको जुटमिटलको खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा रेडस्टारले सुन्दरहरैचाको ब्राइट फियूचर र रेडस्टारले मोर्डनएरा स्कुललाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
पहिलो सेमिफाइनल खेलमा रेडस्टारले ब्राइट फियूचर स्कुललाई ३– १ गोलले पराजित गर्यो । फाइनल यात्राको लागि रेडस्टारका सोनम गुरूङले दुई गोल र आलसन लिम्बुले एक गोल गरे । खेलको प्लेर अफ द म्याच दुई गोल गर्ने सोनम गुरुङ घोषित भए ।
सोही दिन भएको अन्तिम सेमिफाइनल खेलमा मेरिल्यण्ड स्कुलले मोर्डन एरा स्कुललाई २–१ गोलले निराश बनायो । जितको लागि मेरिल्याण्डका विक्रम चौधरी र निश्चल बोहोराले १–१ गोल गरे । मोर्डन एराको तर्फबाट सान्तवना गोल भरजुन कुवँरले फर्काए । खेलको प्लेर अफ द म्याच मेरिल्याण्डका निश्चल बोहरा घोषित भए ।
मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरीको १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।
प्रतियोगितामा प्रथम हुने बिजयी टिमले नगद ५१ हजार र उपबिजेताले ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र हासिल गर्ने छन् । यसअघि २०७९ सालमा फार्क कल्बको स्थापना गरिएपछि पहिलोपटक विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै २०८० सालमा विभिन्न विद्यालयका एकसय बढी विद्यार्थीलाई सहभागी गराएर क्लबले पहिलो अन्तर विद्यालय टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको आयोजक क्लबले जनाएको छ । यस पटकको प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च हुने बताईएको छ ।