जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदीबन्दी राखिएका हो ।

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ ।

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।

आइतबार, २० साउन, २०८१, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर