मणि दाहाल
पहिचानको सवालका पक्ष र विपक्षमा बहसहरू चलिरहेका छन् । एनजिओप्रेमी मित्रहरूले वर्ण र लिङ्गका नाममा गर्दै आएको मौसमी खेतीका अतिरिक्त पहिचान खेती पनि आकर्षणको केन्द्र बन्न पुगेको छ । यिनै सवालका कोठे बहसहरूले होटलका सभाहलहरू बेफुर्सद छन् । तर, बहसहरू सापेक्षित देखिदैनन् । विशिष्ट वक्ता मानिएहरुले पनि इतिहास उत्खनन् गरेको पाइँदैन ।
पहिचानको पक्षसँग जोडिदैं आएका ऐतिहासिक तथ्य, सभ्यता संस्कृति अनि विगतका प्रचलनहरूको बारेमा बहस प्रवेश गर्न नसक्दा शब्द भ्रमको खेती फस्टाउँदोछ । पहिचानलाई हेर्ने र बुझ्ने सकारात्मक तथा नकारात्मक दुवै दृष्टिकोणहरू अतिवादी छन् । असहमत पक्षले पहिचानलाई जातिको लेप लगाएर पन्छाउने अनि सहमतहरूले यसलाई पेवा ठान्ने अतिवादी सोच हाबी छ ।
पहिचान कसैको पेवा हैन । साझा सभ्यता र संस्कृति हो । पूर्वजहरुले सजाउँदै आएको इतिहास हो । युगीन सभ्यताको स्थायी चिनारी हो । सभ्यताले संस्कृतिलाई सजीव बनाउँछ । सजीव संस्कृतिले राष्ट्रिय पहिचान दिन्छ । विविधताको बिचमा एकता र सद्भाव कायम गराउँदै आपसध्ी सहिष्णुताको विकाश गराउँछ ।
सहिष्णु र सद्भाव एकताका सुत्र हुन् । जसले राष्ट्रिय एकतालाइ दह्रो बनाउँछ । राष्ट्रप्रतिको अपनत्व जागृत गराउँछ । त्यसकारण प्राचीन सभ्यतासँग जोडिंदै आएका सवालहरूको बारेमा हल्का दृष्टिकोण नराखी गहन ऐतिहासिक तथ्यहरू अध्यायनको जरूरी छ ।
निरपेक्ष बुझाइ पहिचानको समस्या हो । जसले समाजलाई भ्रममा बाँधेको छ । पहिचान शब्द नै सुन्न नचाहने एउटा पक्ष सभ्यतालाई खास जातिसँग मितेरी लगाउन उद्दत छ । त्यसैगरी पहिचान पक्षधर भन्नेले पनि एकल बांँसुरी धुनले मात्र मनोरञ्जन लिइरहेका छन् । सवाल ठिक भए पनि तरिका र शैली गलत हुँदा पहिलो पक्षलाई मात्रै फाइदा भइरहेको छ । पहिचान सम्बन्धी अतिवादी सोचले प्राचिन सभ्यता र तिनको युगिन महत्व छायाँमा परेको छ । अल्पचेतको समाजलाई तथ्यगत कुराले दिक्षित गर्ने काम जसरी जो बाट हुनु पर्ने थियो त्यो भैरहेको छैन ।
इतिहासका अनेकौं आयाम र प्रचलित प्रचलनहरूमा जानकार नभएसम्म पहिचान, जाति, सभ्यता र अन्तरसम्बन्धको बारेमा जानकार बनिदैन । सभ्यता र तीनले मानव जीवनमा पुर्याएको योगदानको बारेमा दिक्षित नभएसम्म सभ्यताको महत्व बुझिदैन । सभ्यता नबुझेसम्म पहिचान बुझिदैन । पहिचान बुझेपछिमात्र जाति र सभ्यताबिचको अन्तर सम्बन्ध जानिन्छ ।
सभ्यता, संस्कृति र मौलिकता मानव जीवनको पहिलो पहिचानको आधार हो । जसले उसको चिनारी दिन्छ । हामी अनेक मौलिक सभ्यताले सिंगारिएर विविधतामा एक बन्दै आएका छांै । त्यति मात्र हैन हाम्रा अनमोल सभ्यताले हामीलाई स्वतन्त्र तथा सार्वभौम राष्टका नागरिकको रूपमा विश्व चिनारी दिएका छन् ।
अब हाम्रा सभ्यताहरूको बारेमा चर्चा गरौं । मूल रूपमा हामी सिंजा अर्थात खस आर्य सभ्यता, नेवा सभ्यता, मगरात सभ्यता, किरात सभ्यता, मिथिला सभ्यता र थारू सभ्यताभित्र बाँधिएका छौं । हाम्रो जीवन पद्दति उल्लेखित सभ्यतामा आधारित छन् । सबै सभ्यताले जीवन पद्दतिका अनेकौं ज्ञानहरू दिएका छन् ।
नेवा सभ्यताले शिल्पकला, वास्तुकला, चित्रकला, मूर्तीकलालगायतका कौशलता सिकाएको छ । ती पुरातात्कि मात्र छैनन् सोध केन्द्रको रूपमा परिचित छन् । आज पनि संघीय राजधानी लगायतका शहरहरू कलाका धनी छन् । सोही सभ्यताको जगमा कैयांै कलाकर्मीहरू जन्मिए भने कसैले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् ।
किरात सभ्यताले समाजलाइ कृषि उत्पादनको कला सिकायो । संगठीत र वैधानीक राज्यको अवधारणा दियो । जनमुखी शिक्षा र सामुहिक खेती (पर्म) को अवधारणा दियो । आज पनि हामी गणतान्त्रिक तथा निर्वाहमुखी शिक्षालाई पछ्याइरहेका छौं जुन किरात सभ्यताकै देन हो । किरात सभ्यतालाई राई– लिम्बू जातिसँग मात्र जोडेर हेरियो भने किरात सभ्यताको अपमान हुन्छ । किरात जात हैन सभ्यता मात्र हो । किरात क्षेत्रमा बसोबास गर्ने सबै जातजातीको मूल सभ्यता किरात हो । भोजपुरको श्रेष्ठको सम्भयता किरात हो ।
सिंजा सभ्यताले नेपाली भाषालाइ सम्पर्क भाषाको रूपमा विकास गरायो । सँगसँगै वैदिक दर्शन, सनातनी संस्कार र भेषभुषाले मानवोपयोगी संस्कार र ज्ञान दिएर क्षेत्रमा मानव जातिलाई सक्षम बनायो । हामीले भाषा, वैदिक दर्शन र मातृभाषाको क्षेत्रमा जे जति प्रगति गरेका छौं त्यसको स्रोत सिंजा सभ्यता हो । यो सम्भयतालाई खस आर्य जातिको पेवा ठानियो भने इतिहासको अपमान हुन्छ । कर्णाली अर्थात सिंजा सभ्यताभित्र बसोवास गर्ने खस बाहेक अन्य जातिको सभ्यता पनि सिंजा नै हो । कसैकसैले नामका पछाडि सिंजाली लेख्ने गरेका छन् । तर, सिंजाली कुनै थर हैन । यो लेख्नुको कारण आफ्नो सभ्यताको सम्मान र पहिचान हो ।
राष्ट्रिय सुरक्षा नीति र समाजवादको समतामुखी सामाजिक संरचना र जीवन पद्दतिका अनेकांै सवालहरूमा आज पनि बहस भैरहेको छ । उल्लेखित सवालहरूको पाठ सिकाउने सभ्यता भनेको मगरात सभ्यता हो । साहित्य, कला र सो सम्बन्धी अनेकौं दर्शनले भाषा साहित्यपूर्ण समाजको निर्माण गर्छ । कला र साहित्य भाषिक लिपि मात्र नभएर मानव जातिका आवाज हुन् । लोक साहित्य बिनाको समाज कल्पना गर्न सकिदैन । यी सबै पक्षलाई समेट्दै उन्नत, मातृभाषा र साहित्यको दर्शनले दिक्षित गराउने सभ्यता भनेको मिथिला सभ्यता हो ।
हामी मातृसत्तात्मक सामुहिक जीवनशैलीबाट दिक्षित हुँदै वर्तमान पितृसतात्मक युगमा छौं । तर, मातृसतात्मक दर्शन र संस्कार समाप्त भइसकेको छैन । सामुहिकतावाद र पितृसतात्मक जीवन पद्दतीको श्रोत भनेको थारू सभ्यता हो । थारू जाति हैन पहिचान हो । उल्लेखित सबै सभ्याताहरू ऐतिहासिक सम्पदाहरू हुन् । जसको जुन ठाउँमा बाहुल्यता छ सोही बाहुल्यताको आधारमा सभ्यताको नामकरण गरिएकोले हेर्दा जातिगत लागे पनि कुरो त्यसो होइन । जसरी किरात शब्द जाति नभएर सभ्यता हो त्यसरि नै सिंजा, मिथिला, नेवा, थारू, मगरात सबै जाति होइनन् ती कुनै सभ्यता त कुन पहिचान हुन् भनेर बुझाउन सक्दा अहिलेको भ्रम निवारण हुने देखिन्छ ।