मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु

विराटनगर । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङ स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२ बजे वानातर्फ आउदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको को. ३७ प १८४२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को. ३७ प १८४२ नम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसी दुर्घटना भएको थियो ।

उक्त दुर्घटनाबाट घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय ६५ वर्षीय पदम बहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ वर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका– १० का २३ वर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान गरिरहेको जनाएको छ ।

शनिबार, ०३ चैत, २०८०, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर