नेवाः खलः कास्कीलाई २ लाख सहित ‘सुर्दशन– कपिला सिरपा’ प्रदान

विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ ।

नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष योगदान पु¥याएको भन्दै नेवा : खल कास्कीलाई झी : पुचले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता एव पूर्व गृहमन्त्री विजयकुमार गच्छदार, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेलाई सुर्दशन– कपिला सिरपा ११४४ सम्मान हस्तान्तरण गरेका हुन् ।
नेपाल भाषा तथा संस्कृति संघ विराटनगरका अध्यक्ष भविष कुमार श्रेष्ठले नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि योगदान पु¥याएकाले नेवाः खलः कास्कीलाई नगद २ लाख सहितको सुर्दशन– कपिल सिरपा ११४४ बाट सम्मानित गरिएको बताए । सुर्दशन– कपिला ट्रष्टले स्थापना गरेको सम्मान नेपाल भाषा तथा संस्कृति संघ विराटनगर मार्फत नेवाः खलः कास्कीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गरिएको झी पुच: विराटनगरका अध्यक्ष श्रेष्ठले बताए । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिएको छ ।
४४ वर्ष अगाडी नेपाल सम्वत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण २ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ ।

पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो ।

२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षय कोष खडा गरिएको छ । प्रत्येक १० वर्ष पछि सिरपा थैली रकममा ५० –५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धी गर्ने योजना रहेको झी पुचः ले जनाएको छ ।

शुक्रबार, ०२ चैत, २०८०, रातीको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर