सशस्त्रका डिएसपी बस्याल मृत फेला

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् । उनी सोमवार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

धनपालथान गाउँपालिका ३ मा रहेको आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।

बस्याल कार्यालय भित्र नै झुन्डिएको अवस्थामा फेला परेका कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी अनजनी पोख्रेलले बताए ।
उनले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए।

पारिवारिक समस्याका कारण  बस्यालले आत्महत्या गरेको हुन सक्ने सुरक्षा निकायको अनुमान रहेको छ ।

सोमबार, २१ फागुन, २०८०, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर