आफ्नो पारिश्रमिकबाट कम्बल बितरण गर्दै आचार्य

बिराटनगर । कोशी प्रदेशसभाका सदस्य जीवन आचार्यले आफ्नो  निर्बाचन क्षेत्रमा पर्ने मोरङको बुढिगङ्गा गाउपालिकाका स्थानीयलाई चिसोबाट बच्न कम्बल बितरण गरेका छन् ।

मोरङ क्षेत्र न. ६(१) बाट निर्बाचित आचार्यले क्षेत्रका निमुखा नागरिकलाई चिसोमा राहत स्वरुप कम्बल वितरण गरेका हुन् ।

बढ्दो चिसो मौसम लाइ मध्यनजर गर्दै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बुढिगङ्गा ७ का १२५ नागरिकहरुलाई कम्बल बितरण गरेको उनले जानकारी दिए । आफुले पाउने पारिश्रमिकबाट कम्बल बितरण गरेको उनको भनाई छ ।

यो अभियान क्षेत्रभरीका सबै वडाहरुमा निरन्तरता रहने आचार्यका सहयोगी कपिल सुनारले जानकारी दिएका छन् ।

शुक्रबार, ०५ माघ, २०८०, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर