विराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूकी पत्नी गंगामायाको अन्तिम संस्कार गरिएको छ ।
उनको मोरङको चिसाङ खोलामा दाहसंस्कार गरिएको हो । गंगामायाको ५८ वर्षको उमेरमा गएराति निधन भएको थियो । छोरा मन्जिलले दागबत्ती दिएका थिए ।
लामो समयदेखि कलेजेको क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको थियो ।
लिम्बूका १ छोरा र १ छोरी रहेका छन् ।