धरानका मेयरको प्रश्न– बम्जन जीले पैसा कहाँ राख्या रैछन्, दराजमा कि बाकसमा ?

विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले तपस्वीको आवरणमा अपराधिक कार्य गरेर फरार रहेका रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि आश्चर्य व्यक्त गरेका छन्।

बम्जनको बाट ठुलो परिणामपैसा भेटिएपछि साम्पाङले सामाजिक सञ्जाल मार्फत व्यङ्ग गरेका छन ।

लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रूपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइबीका टोलीले मंगलबार बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

‘बम्जन जीले पैसा कहाँ राख्या रैछन ?दराजमा कि बाकसमा? झोलामा कि सुटकेसमा ? कि बोरामा?हजारको कति वटा पाँच सयको कति?,’ मेयर साम्पाङले लेखेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो १’ उनले सुनको खटिया बनाउदै छ कि अस्ति अस्तिको ? कि के हा भन्दै प्रश्न समेत गरेका छन । ?

उनले प्रहरीले बरामद गरेको पैसा के हुन्छ भन्ने बारे समेत प्रश्न गरेका छन्।

बिहिबार, २६ पुष, २०८०, दिउँसोको ०२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर