विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी अर्का एक जनाको पनि मृत्यु भएको छ ।
आगलागीमा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भइरहेकोमा विराटनगर ६ का दिपक मण्डलको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । आगलागी नियन्त्रण गरिसकेपछ गोदाममा अर्का एक जनाको पनि शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
मृतकको पहिचान हुन सकेको छैन । शव जलेकोले महिला हो कि पुरुष भन्ने पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
आगलागीमा घाइते भएका विराटनगर ६ की वर्ष ६५ की सुशीला पासवान, ५८ वर्षका किशोर पासवान, ३० वर्षीया पीँकी कामत र ६० वर्षीया अजिता सरदार घाइते छन् । उनीहरुमध्ये सुशीला र अजिता गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते महिलाहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ । किशोर पाशवानको उपचार कोशीमा भइरहेको छ ।