विराटनगरमा आगलागीमा परी घाइतेको पहिचान खुल्यो (सूचीसहित)

विराटनगर । विराटनगर ७ स्थित सात घुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी घाइते भएका चार जनाको पहिचान खुलेको छ ।

तीन जना महिला र एक जना पुरुष आगलागीमा परी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

घाइते हुनेहरूमा विराटनगर ६ की वर्ष ६५ की सुशीला पासवान, ५८ वर्षका किशोर पासवान, ३० बर्सिया पीँकी कामत र ६० बर्सिया अजिता सरदार रहेकी छिन् । घाइते मध्ये सुशीला र अजिता गम्भीर घाइते रहेकी छिन् ।

उनीहरूको उपचार न्युरो अस्पतालमा भइरहेको छ । किशोरको उपचार कोशीमा भइरहेको छ ।

आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ७ का ३० वर्षीय दीपक मण्डलको मृत्यु छ । आगलागीको कारण खुलेको छैन ।

बुधबार, २० मंसिर, २०८०, दिउँसोको ०४:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर