जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका खड्काको परिवारलाई इटहरी उपमहानगरले १ लाख दिने

विराटनगर । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं २ का रविन खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग भएको छ ।

बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षीय खड्काको परिवारलाई सहयोगको घोषणा भएको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले बिहीवार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन् ।

इटहरीमा जंगली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाएको तीन महिनाभन्दा बढी भएको भन्दै स्थानीयले हात्ती नियन्त्रण गर्न माग गरेका थिए ।

मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर बिहीबार रातिदेखि नै रात्रि गस्ती गरिने आश्वासन दिएका छन् ।

हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं। २ कै नैनाकुमारी राईको घर भत्काएर क्षति पुर्‍याएको थियो ।

दुई महिनाअघि पनि इटहरी वडा नं। २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो । भारतको पश्चिमबंगाल हुँदै झापाबाट चारकोसे जंगलमा हात्ती बसेको स्थानीयको भनाइ छ ।

इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्ती मानव बस्तीमा पस्ने गरे स्थानीयका भनाइ छ ।

चारकोसे जंगल क्षेत्र आसपास हिँडडुल गर्ने हात्तीको संख्या १५० हाराहारीमा रहेको हात्ती विज्ञ अशोक रामले बताए ।

बिहिबार, १४ मंसिर, २०८०, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर