बिहीबार सुनचाँदीको मूल्य स्थिर

विराटनगर । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। साताको पाँँचौं दिन नेपाली बजारमा उच्च रहको सुनचाँदीको मुल्य बिहीबार भने स्थिर रहेको छ ।

मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ।

बिहिबार, १४ मंसिर, २०८०, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर