काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरू भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले, सरकारले चलाएको सुशासन र भ्रष्टाचार विरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए ।
उनले भने,‘यो सुशासनको विरुद्ध ,तागतका विरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरू सङ्गठित भएर यसलाई असफल बनाउने दुश्प्रयत्नहरु पनि गर्दै छन् । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । यो अभियानबाट विश्राम लिने वाला छैन । ’
उनले सबै युवा तथा आमजनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तीव्र भएर अगाडी बढ्न हौस लादिएको बताए।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!