काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, वर्षौँदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सक्न निर्देशन सक्न निर्देशन दिएका छन् ।
आइतबार निर्माण ब्यवसायीहरुसंगको छलफलमा उनले, अलपत्र त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।
‘निर्माण कार्य थालिएको १२ वर्षसम्म नागरिकले पुलमा हिँड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक वर्षभित्र निध्याउनुपर्दछ । दीर्घ रोगी योजनामाथि एक्सन थालिसकेका छौ, कमला र जब्दीघाटको काम सुरु भइसकेको छ, त्रियुगाको एक वर्षभित्र सक्नु पर्छ ।’
अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्व मन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो ।
सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, निजी सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।
तीन वर्षभित्र काम सक्ने गरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले २०७६ सालमा काम थालेको थियो । तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ बर्सपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भई हस्तान्तरण नगरिँदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए ।