दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक भिडियो, प्रमाण नष्ट गर्न कोठामा रंगरोगन

दमक । झापाको दमकका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग मदिराको नसामा मस्त रहेको भिडियो सार्वजनिक भएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो ।

भिडियोमा निरौला र महिला दुबै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ भने महिलाले टिकटकमा कसैसँग लाइभ कुराकानी गरेको देखिन्छ । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपकालिकाका कर्मचारीले बताएका छन् ।

क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ । निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरेका छन् ।काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो भएको दावी गर्दै उनले धेरैजना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अच्चमित रहेको जिकिर गरे ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बद्नाम भएको उनको भनाइ छ ।

यसैबीच क्वार्टरमै अनैतिक गतिविधि गरेको सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । निरौलाले नगरपालिका परिषरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।

घटना बाहिरिएपछि छानविन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् । विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन् । उक्त कोठमा देखिएको एसीले भने ती महिलासँग अश्लील हर्कत गरेको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ ।

क्वार्टरभित्र बेडरुमको रंग परिवर्तन संयोग मात्र भएको निरौलाले बताए । दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिएका छन् । निरौला मेयर थापाका नातेदार पनि हुन् ।  प्रशासकीय अधिकृतकी श्रीमतिसहित परिवार भने काठमाडौंमा बस्दै आएको बताइन्छ ।

[videopress gMTgxGHZ]

आइतबार, १४ साउन, २०८०, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर