पुराना पार्टी क्लव जस्ता भए : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दल भित्रको नेतृत्व नफेरिने परम्पराले गर्दा पुराना पार्टी भुतपूर्व प्रधानमन्त्री क्लव जस्ता भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको र संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने बताएका हुन् ।
‘नेपालमा पुरानो राजनीतिक दलहरुलाई संकट आउनुको कारण भनेको २०—२५ वर्षदेखि दलहरुभित्र यस्तो सदस्यता अवलम्बन ग¥यौं।’ उनले भने ‘दलभित्र पुरानो मानिसहरु निर्वाचित भईराख्ने र दल भित्रको नेतृत्व नफेरिने यो परम्पराले गर्दा सबै ठाउँमा जो शीर्ष नेताहरु हुनुहुन्छ त्यो एउटा भुतपुर्व प्रधानमन्त्रीहरुको क्लव जस्तो भएको छ । यसलाई बदल्ने कोशिस गर्नु पर्छ । फेरि कांग्रेसको संसदीय दलको नेता बदल्नको लागि म लाग्छु लाग्छु सकेसम्म बदल्छु बदल्छु । सके आफु बन्छु नसके अरुलाई बनाउछु । बदल्न सकिन्छ । ’

अब नेपालमा पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्नुपर्ने उनको भनाई छ । महामन्त्री थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको उनले बताएका छन् ।

शनिबार, २३ असार, २०८०, साँझको ०५:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर