नवनियुक्त मन्त्री सुनुवार र जगेवुले लिए शपथ

विराटनगर । कोशी प्रदशेका मुख्यमन्त्री उद्धव थापाले सत्तागठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । नियुक्त भएका मन्त्रीलाई नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।

माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुंगो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट सपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

शुक्रबार, २२ असार, २०८०, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर