विराटनगर । पहिरोले अवरुद्ध नारायणघाट मुग्लिन सडक खण्ड १९ घण्टापछि संचालनमा आएको छ । गएराती खसेको पहिरोले उक्त सडक खण्ड अबरुद्ध भएको थियो ।
आइतवार साँझ ६ बजे देखी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो । इच्छाकामना गाँउपालिका ६ स्थित तुईन खोलाको पुलमा पहिरो खसेको थियो । उक्त स्थानमा पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ ।
बाटो खुलेपछि सवारी साधन गन्तब्यतर्फ लागेका छन् । लामो समय जाम भएको कारण सवारी पास हुन समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।