मुख्यमन्त्री नआएपछि प्रदेशसभाको बैठक भोलि ११ बजेसम्मको लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभाको ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख बाबुराम गौतमले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

साढे ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक निर्धारित समयमा मुख्यमन्त्री तथा मन्त्रीहर नआएपछि राती ८ बजे बोलाइएको थियो । ८ बजेको बैठकमा पनि साढे ९ बजेसम्म मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई फोन गरेका थिए । विपक्षी गठबन्धन दलहरुले आजै बैठक राख्नुपर्ने अडान राखेका थिए ।

विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै बैठक सार्न माग गरेका थिए । मुख्यमन्त्री कार्की यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट बाहिरिएका थिए ।

विश्वासको मतको प्रस्ताव उपर आजै मत विभाजन गर्ने सहमति अनुसार कार्यसुची तय भएकोमा मुख्यमन्त्री कार्कीले त्यसलाई एक दिन पर धकेलिदिएका छन् ।

बिहिबार, १४ असार, २०८०, रातीको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर