स्रष्टा सम्मान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले स्रष्टा सम्मानका लागि नामावली स्वीकृत गरेको छ ।

बुधबार सम्पन्न मन्त्रीपरिषद बैठकले एक लाख रुपैयाँ राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मानतर्फ बमबहादुर राई (सुनसरी) र एक राशीको सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्रा डा सोमप्रसाद खतिवडा (मोरङ) लाई सम्मानित गर्ने निर्णय गरेको हो ।

त्यसैगरी ५० हजार राशीको उत्कृष्ट भाषा, साहित्य,कला र संस्कृतितर्फ बैजयन्ती मिश्र ( मिश्र बैजयन्ती) भाषा/सहित्य, राधिका गुरागाई (भाषा सहित्य), शंकर चापागाइ ( धनकुटे कान्छा) साहित्य, बसुन्धरा देबी झा ( मैथिली संस्कृति), मिनकुमार श्रेष्ठ ‘नवोदित’ (साहित्य) , साजन सन्ध्या राई (संगीत÷गायन) , संगीताकुमारी यादव (नृत्य÷ अभिनय), गणेशकुमार राई (भाषा सहित्य), लक्ष्मीकुमार सेर्मा ( भाषा अनुसन्धान), डिल्ली कृष्ण आले (ललितकला), वियोग सापकोटा ( साहित्य), नरपति पाण्डे (भाषा÷साहित्य) पुरस्कृत हुने भएका छन् ।

त्यसैगरी २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृतितर्फ मिलन नेपाली ( रंगकर्मी/नाटक) , युमन खालिङ राई (मनुहाङ किराती) किराती साहित्य, मनिषा आचार्य ( साहित्य), विमला राई (केयरलेस) भाषा÷साहित्य र पुरुषोत्तम नेपाली लाई (गितकार) विधामा सम्मान गर्ने निर्णय मनत्रीपरिषदले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

मन्त्रीपरिषदले मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन ( आ व २०७८÷७९ ) लाई छलफलका लागि प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

बिहिबार, १४ असार, २०८०, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर