विराटनगर । नेकपा एकीृकत समाजवादी कोशी प्रदेश संसदीय दलको बैठकले बिहीबार सुरु हुने प्रदेशसभा बैठकमा वर्तमान सरकारको विपक्षमा उभिने निर्णय गरेको छ ।
बुधबार इटहरीमा पार्टीका नेता सहित बसेको दलको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको दलको नेतासमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले जानकारी दिए । ‘हाम्रो दलले यो सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । हामी सरकारले पेश गर्ने विश्वासको मतको विपक्षमा उभिनेछौं ।’
कोशीमा एकीकृत समाजवादीसँग चार जना सांसद छन् । कार्की नेतृत्वको सरकारलाई हालसम्म एमालेको ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्रै समर्थन छ । प्रदेशसभामा बहुमत सिद्ध गर्न सरकारलाई अब एक जना सांसदको आवश्यकता छ ।