विराटनगर । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ८० हजार जना छन् ।
बिहान साढे ३ बजेदेखि लाईनमा बसेको उनीहरूले बताए । जिल्ला प्रशासन कार्यालयको गेटबाट झण्डै २५० मिटरलामो लाईनमा उनीहरू बसेका छन् । जिल्ला प्रसासन कार्यालय मोरङले भने जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ ।
जिप्रका मोरङले हिंजोमात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको छ । आज सो संख्या बढ्नसक्ने कार्यालयले जनाएको छ । वितरण गर्न नसकेका र लाईनमा बसेकाहरूलाई टोकन वितरण गरेर नागरिकता वितरण गरिने कार्यालयले जनाएको छ ।