पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति रिजालको निधन

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति शिरीष रिजालको निधन भएको छ ।

विराटनगर महानगरपालिका २ बस्ने रिजालको शुक्रबार राति निधन भएको हो ।

रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गराएका थिए । शुक्रबार राति अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

विस २०७३ सालमा उनी पूर्वाञ्चल विश्वविद्यालयकाको उपकुलपति नियुक्त भएका थिए । तत्कालिन उपकुलपति महेश्वरमान श्रेष्ठलाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेपछि रिजालले डेढ वर्ष उपकुलपतिको जिम्मेवारी समालेका थिए ।

रिजाल विराटनगरका उद्योगी पनि हुन् । उनले नेपाल जुट मिल्स प्रा.लि. सञ्चालन गर्दै आएका थिए ।

शनिबार, ०९ असार, २०८०, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर