पहिरोले थिलथिलो पाँचथर, उद्धार र राहतमा कठिनाइ (फोटो)

विराटनगर । अविरल वर्षापछि गएको पहिरोले पाँचथरको याङ्वरक १ घोलाघरी क्षेत्र थिलथिलो भएको छ । सो क्षेत्रमा २४ घरका ९७ जना विस्थापित भएका छन् । त्यहाँ खाद्यान्न अभाव सुरु भएको छ ।

विस्थापितहरुलाई ओड्ने, ओछ्याउनेको अभाव रहेको छ । विस्थापित सबैजना एउटा घरमा बसेको कारण अन्य थुप्रै समस्या सिर्जना भएको छ ।
त्यहाँ खाद्यान्नको पनि अभाव सुरु भएको पाँचथर नै गृहजिल्ला भएका माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले बताएका छन् । ‘त्यहाँ पुग्ने बाटो मेची राजमार्ग हो । तर, हेवा खोलाको पुल बगाएको छ ।

त्यसठाउँमा जाने पुलहरु पनि भत्काएको छ । अहिले सो क्षेत्रमा सडक मार्गबाट राहत लिएर जानसक्ने अवस्था छैन,’ नेम्वाङले भने । पहिरो पीडित जनतालाई सबैतिरबाट सहयोग गर्न उनले आव्हान गरेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हेलिकप्टरबाट राहत पठाइदिन आग्रह गरेको र सकारात्मक जवाफ पाएको उनले बताए ।

                                                                                                                 सबै तस्बिरहरु : हर्कबहादुर नेम्वाङ (मिक्सो)

मङ्गलबार, ०५ असार, २०८०, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर