बेलबारी । बेलबारीका उद्यमी तथा व्यवसायीहरूलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्ने उद्देश्यले बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा नापतौल दर्ता तथा नवीकरण गरिरहेको छ ।
बेलवारी उद्योग वाणिज्य संघको कार्यालयमा आइतबार देखी जारी उक्त नापतौल शिविर सोमवार सम्म संचालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
लामो समय देखी आफ्नो व्यवसायीका फर्ममा चालु रहेका ढक, तराजु, लिटर, मिटर गुणस्तर तथा नापतौल कार्यालयमा दर्ता नवीकरण नगरी संचालनमा गरिरहेको अवस्थालाई मध्यनजर गरेर नापतौल डोरको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगर बाट डोर प्रमुख निरीक्षक रजनिस झा को नेतृत्वमा चार जना कर्मचारीहरूले दुहिदिने शिविरमा सेवा दिई राखेका छन् ।