राष्ट्रपति पौडेल अस्पताल भर्ना, आजदिन भर चिकित्सकको निगरानीमा राखिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । गए राती स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जानकारी दिएको छ ।

शुक्रवार राती अस्वस्थ देखिएपछि पौडेललाई महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल लगिएको र आज बिहान थप उपचारका लागि मनमोहन रिफर गरिएको छ ।

राष्ट्रपति पौडेललाई अहिले मनमोहन कार्डियोथेरासिकभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।सिपियुमा उपचार भइरहेको छ तर, एक दिनभरि चिकित्सकको निगरानीमा उहाँलाई राखिने हुँदा तत्काल डिस्चार्ज गर्ने सम्भावना छैन ।’

अघिल्लो महिना मुटुमा समस्या देखिएर उपचारपछि घर फर्किएका पौडेल पुनः बिरामी परेका छन् । मुटुमा समस्या देखिएको बताइए पनि हाल उनलाई के भएको भन्ने विषय सार्वजनिक गरिएको छैन ।

शनिबार, ०२ असार, २०८०, बिहानको १०:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर