विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले सामुदायिक विद्यालयलाई पंखा वितरण गरेका छन् । केही दिनयतादेखि अत्यधिक गर्मी बढेपछि पंखा नभएको सामुदायिक विद्यालयमा गिरीले पंखा वितरण गरेका हुन् ।
गिरीले विराटनगर १८ स्थित श्री जनक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि १६ थान पंखा बिहीबार वितरण गरेका छन् । चर्को गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा किनाए भएपछि अध्ययनमा सहज पुर्याउनेउद्देश्यले पंखा वितरण गरिएको गिरीले बताए । ‘दिनप्रतिदिन गर्मी बढेको छ । अत्यधिक गर्मीको कारण विद्यार्थीहरू बेहोस पनि हुने गरेका छन् । पठनपाठनमा सहज पुर्याउन यो गर्मीमा पंखा वितरण गरिएको हो,’ गिरीले भने ।
विद्यालयलाई पंखा गिरी, कोशी प्रदेश सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललगायतले वितरण गरेका थिए ।