सिर्सियाको प्रदूषित पानी बोतलमा भरेर काठमाडौँमा प्रदर्शन

काठमाडौँ । पर्साको सिर्सिया नदीमा भएको प्रदूषण रोक्न काठमाडौँमा विरोध भएको छ । चुरे तथा बन जङ्गल संरक्षण अभियानले काठमाडौँस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा सिर्सिया नदीको पानी भरिएको बोतल प्रदर्शन गरिएको छ । चुरे तथा बन जङ्गल संरक्षण अभियानका सदस्य विन्देश्वर पासवानले कलकारखानाबाट निस्किएको फोहर सिधै मिसाइँदै नदीमा प्रदूषण बढेको बताए ।

उनले भने,‘विभिन्न कलकारखानाले सिर्सिया नदिलाई प्रदूषण तुल्याएको छ । जस कारण सिङ्गो गाउँ नै दुर्गन्धित भएको छ । पहिले त्यही पानीले खाना पकाएर खाने गथ्यौ । दुर्गन्ध फैलिएको छ । पानीलाई विषमा परिवर्तन भएको छ । ’माग सम्बोधन नहुँदासम्म विरोध जारी रहेने उनको बताए । भूमिहीनका मागलाई सरकारले बेवास्ता गरेको समेत उनले विरोध कार्यक्रमका क्रममा बताए ।

मङ्गलबार, २३ जेठ, २०८०, दिउँसोको १२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर