बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल विजयी

विराटनगर । बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल नै विजयी बनेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान भएको थियो । आइतावार बिहान सम्पन्न मतगणना अनुसार भेष कुमार श्रेष्ठले ४८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माधवराज थापाले ३८५ मत मात्रै प्राप्त गरेका छन् ।थापा एमालेका हुन भने श्रेष्ठ काग्रेसका हुन ।

वरिष्ठ उपाध्यक्षमा सन्दीप राई निर्वाचित भएका छन् राईले ५०१ मत प्राप्त गर्दा धर्मराज गुरुङले ३२३ मत प्राप्त गरेका छन् । वाणिज्य उपाध्यक्षमा केश थापामगरले ४२२ मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पाटीका सुवास श्रेष्ठले भने ३७९ मत मात्रै प्राप्त गरेका छन् ।

उद्योग उपाध्यक्षमा राजन गोर्खाली दर्नालले ४३० मत ल्याएर विजयी बनेका छन् भने मोहन प्रसाद पोख्रेलले ३७९ मत मात्रै प्राप्त गरेका छन् । महासचिवमा विवेक मिश्र दोहोरीका छन् । यस अघि पनि मिश्र महासचिव नै थिए । मिश्रले ४४३ मत पाउँदा राजु बस्नेतले भने ३७९ मत प्राप्त गरेका थिए । मिश्र र बस्नेत दुवै जना काँग्रेस निकटका हुन । महासचिवमा मिश्रलाई दोर्हयाउने निर्णय गरेपछि बस्नेत थापाको टिममा गएर महासचिवमा उठेका थिए । उनलाई काँग्रेसले कारबाही समेत गरेको छ ।

वाणिज्य सचिवमा टिकाराम श्रेष्ठ रुपेस निर्वाचित भएका छन् । नगेन्द्र राईलाई २२४ मतले हराउँदै उनी निर्वाचित भएका हुन । श्रेष्ठले ५२४ मत प्राप्त गर्दा ३ सय मत मात्रै पाएका थिए ।

उद्योग सचिवमा सुरेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सन्तोष प्रसाईँलाई हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन । श्रेष्ठले ४३३ मत पाएका थिए भने प्रसाईँले ३८१ मत पाएका थिए । कोषाध्यक्षमा अर्जुन कुमार कार्कीले४३६ मत ल्याएर निर्वाचित हुँदा सुरेन्द्र तामाङले ३८१ मत मात्रै पाएका थिए । सह कोषाध्यक्षमा वसन्त नेपाल निर्वाचित भएका छन् । नेपालले४५० मत प्राप्त गर्दा मन्दिरा खत्रीले ३५३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक रमेश निरौलाले बताए ।

आइतबार, २१ जेठ, २०८०, बिहानको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर