विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहाई गरिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मुलुकलाई निकास दिन चौधरीको रिहाई आवश्यक रहेको बताए । मन्त्री लिम्बूले थरुहट आन्दोलनमा चौधरीको संलग्नता महत्वपूर्ण भएको भन्दै सोही आधारमा सरकारले निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार पूर्ववर्ती सरकारले चौधरीको रिहाई प्रकृया अघि बढाएको हुँदा वर्तमान सरकारले सोही प्रकृयाको कार्यन्वयन मात्रै गरेको हो । घटनामा ज्यान गुमाएका परिवारको सदस्यलाई चौधरीको रिहाईले दुःख पुगेको उनको भनाई छ ।