नाम भजाएर राजनीतिक पार्टी विस्तार गरेको भन्दै हर्क साम्पाङको आपत्ति

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गरेका छन ।

उनले ती व्यक्ति र राजनीतिक दलको नाम उल्लेख नगरेपनि राजनीतिक पार्टी विस्तार गरिरहेको भन्दै आपत्ति समेत जनाएका छन्।

आफू कुनै पार्टीनिकट नभएको बताउँदै उनले आफ्नो नाम बेचेर पेट पाल्ने काम नगर्न चेतावनी पनि दिएका छन्।

‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे ! म कुनै पार्टीनजिक छैन,मेरो नाम बेचेर आफ्नो दोकान चलाउने, पेट पाल्ने काम कसैले नगर्नू !’ उनले समाजिक संजालमा लेखेका छन ।

मङ्गलबार, १६ जेठ, २०८०, दिउँसोको ०२:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर