गणतन्त्र दिवसको अवसरमा रक्तदान

विराटनगर । गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कोशी प्रदेश कमिटीको आयोजनामा गरिएको  रक्तदान कार्यक्रममा १सय ८२ पिन्ट रगत सकलन भएको छ ।

कोशी प्रदेशका ४ जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सुनसरी, मोरङ, इलाम र धनकुटामा रक्तदान कार्यक्रम गरिएको प्रदेश कमिटीका अध्यक्ष रुद्र सुबेदीले बताए ।

सुबेदीका अनुसार ओखलढुङ्गामा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । ६० बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

‘रक्तदान जीवनदान,मानवताको लागि सामूहिक अभियान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गरिएको हो ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले विभिन्न कार्यक्रम गरेर मनाउने गरेको छ ।

मङ्गलबार, १६ जेठ, २०८०, बिहानको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर