काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब विनियोजन गरेको छ ।
आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको जानकारी दिए । उनले दिवा खाजामा जंक फुड दिन नपाईने व्यवस्था पनि गरिएको बताए ।
दिवा खाजामा घरेलु कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलव्ध गराईने र यसबाट करिव ३२ लाख विधार्थी लाभान्वित हुने पनि सरकारको विश्वास छ । विद्यालय तयका छात्राहरुलाई निशुल्क प्याड वितरण गरिने उल्लेख गर्दै
अर्थमन्त्री महतले १ अर्व ४२ करोड यस्का लागि विनियोजन गरिएको बताए । यसबाट १० लाख छात्रा लाभान्वित हुने पनि सरकारको विश्वास छ ।