विराटनगर । कोशी प्रदेशसभाको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारले वार्ताका लागि चासो नदेखाएको आरोप लगाएका छन । नामकरणपछि उत्पन्न समस्याको समाधान प्रदेश सरकारले गर्नुपर्ने नेता आङ्बोले बताए । आइतबार प्रदेशसभा बैठकमा बोल्दै आङबोले संघीय सरकारलाई देखाएर प्रदेश सरकार उम्कन नमिल्ने बताए ।
नेकपा एमालेले भने नामाकरण पछि देखीएको समस्याको समाधान भने संघीय सरकारले गर्नु पर्ने बताएको छ । ‘अहिले ढुंगा हान्ने साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार हो’। उनले भने, ‘यो संघीय सरकारतिर फर्काएर धर पाउदैनौं, हामीले सिर्जना गरेको समस्या हो । यसको समाधान पनि हामीले समाधान दिनुपर्छ ।’
सरकारले वार्ताका लागि चासो नदेखाएको भन्दै आङ्बोले सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गरे । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई वार्ताबाट समस्या समाधानका लागि नेतृत्व लिन आग्रह गरे ।
उनले भने ,‘हामी सबै जिम्मेवार बनौं, सबैसँग छलफल गरेर समस्या सामधान गर्ने तदारुकता सरकारबाट होस् ।’
नेता आङ्बोले सरकारले कामको गति लिन नसकेको उनको आरोप छ । आफ्नो दल सहभागी भएको सरकार सही दिशामा नरहेको बताउँदै उनले मुख्यमन्त्री एकलौटी रुपमा अघि बढेको बताए ।