विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापा सुररक्षा घेराभित्र बसेर प्रदेश सभाको बैठक सञ्चालन गर्न नैतिकताले नदिने बताएका छन । आइतवार प्रदेशसभाको बैठकमा बोल्दै राईले प्रदेशसभाको बैठक कहिले सम्म सुरक्षा घेरामा चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् ।
वार्तामार्फत समस्या समाधान गर्न उनले प्रदेश सरकारसँग माग गरेका छन । आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उनले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि बताए । आन्दोलनलाई वार्ताबाट सम्बोधन गरेको उदाहरण प्रस्तुत गर्न पनि नेता थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरे ।
प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएर आइतबार प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ गरीएको छ । प्रदेशको नाम पहिचानको आधारमा पुनःहुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले पनि आइतबारदेखि विराटनगर केन्द्रीत आन्दोलन थाल्ने घोषणा गरेपछि राजधानी विराटनगरमा प्रशासनले शनिवार बिहान देखी निषेधाज्ञा जारी गरेको थियो ।