सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको प्रस्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

शनिवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले परम्परागत भन्दा भिन्न खालको छोटो र देशको अहिले देशको समस्यालाई ठोस र मूर्त रूपमा सम्बोधन हुने गरी नीति कार्यक्रम तयार गर्ने तयारी गरिएको बताए । तर मन हुँदाहुँदै पनि समयको चापले सम्झौतामा अगाडि बढ्नु पर्दा नीति तथा कार्यक्रम यस्तो आएको प्रस्ट पारे ।

उनले भने ‘यो पटक मैले कोसिस पनि गरे । परम्परा भन्दा भिन्न खालको छोटो र देशको अहिले देशको समस्यालाई ठोस र मूर्त रूपमा सम्बोधन हुने गरी नीति कार्यक्रम तयार पार्दा के होला भन्ने सोचे । र,थोरै छलफल राजनीति वृत्तमा गर्ने कोसिस गरे तर समयको चाप र हाम्रो काम गर्ने तरिकामा ठुलो परिवर्तन तत्काल सम्भव नहुने हुँदा मैले अन्ततः सम्झौताको माध्यमबाट अगाडि बढ्नु पर्ने बाध्यता मैले महसुस गरे ।’

प्रधानमन्त्री दाहालले परम्परालाई पनि आत्मसाथ गरेर जानुपर्ने र केही नयाँ कुराहरू पनि सम्बोधन गरेर जानु पर्ने आवश्यकतालाई कार्यक्रममा समेट्ने प्रयास गरिएको बताए ।

शनिबार, १३ जेठ, २०८०, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर