राष्ट्रिय जनगणना २०७८ को मधेस प्रदेशको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को मधेस प्रदेशको नतिजा सार्वजनिक भएको छ ।

बुधवार जनकपुरधाममा राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को मधेस प्रदेशको नतिजा सार्वजनिक भएको हो ।

जनगणना २०७८ को नतिजाअनुसार मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार ६ सय रहेको छ । जसमध्ये पुरुषको जनसङ्ख्या ३० लाख ६५ हजार ७ सय ५१ अर्थात् कूल जनसङ्ख्याको ५०।१४ प्रतिशत रहेको छ भने महिलाको जनसङ्ख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात् कूल जनसङ्ख्याको ४९.४८ प्रतिशत रहेको छ ।मधेसको औसत जनसङ्ख्या वृद्धिदर १.१९ प्रतिशत रहेको छ ।

तथ्याङ्क अनुसार मधेस प्रदेशमा महिलाभन्दा पुरुषको जनसङ्ख्या बढी रहेको पाइन्छ

बुधबार, १० जेठ, २०८०, साँझको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर