विदेशबाट आउँने नेपालीको शव आफन्तले सहजै प्राप्त गर्ने व्यवस्था गर्न सांसद मण्डलको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका नेपालीको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जीवित छँदा उनीहरुले पठाएको रेमिट्यान्सप्रति सरकारले गर्व गर्ने र ज्यान गुमाएका पछि आफन्तले लाश महिनौ कुर्नुपर्ने अवस्थाप्रति आपत्ति जनाए ।

उनले भने‘बाकसमा भएको लाशका बारेमा सरकार धेरै संवेदनाहीन भएको देखिन्छ । जीवित छँदा उसले पठाएको रेमिट्यान्समा सरकारले गर्व गर्ने जब लाशमा परिणत हुन्छ शव पाउन परिवार महिनौ कुर्नु पर्ने अवस्था छ । त्यहाँ भएका राज दुतावास कानमा तेल हालेर बसेको देखिन्छ । त्यसैले सरकारलाई जोडदार माग गर्छु । अब नेपाली दाजु भाईको उनीहरुको परिवारले चाँडो पाउँनु पर्छ ।’

वैदेशिक रोगजारलाई व्यवस्थित गर्न पनि उनको माग छ ।

मङ्गलबार, ०९ जेठ, २०८०, दिउँसोको ०१:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर